लघुवित्त अहिले

अङग्रेजीमा माइक्रो फाइनान्स भनिने लघुवित्तले अहिले देशमा एउटा चुनौती खडा गरेको छ । बंंगलादेशको प्रोफेसर मोहम्मद युनुशले प्रतिपादन गरेको सिद्धँन्त गलत थियो भना“ै भने म गलत हुन्छु, सिद्धान्त ठिक छ भन्दा पनि म नै गलत हुन्छु । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यताप्राप्त बैंकहरुमा आएको विकराल समस्याले अर्थतन्त्रमै एउटा चुनौती र समस्या थपिदिएको छ ।
लघुवित्त स“ग जोेडिएका मुख्य निकाय वा व्यक्तिको प्रसंगमा लेख्दै छु म आज । पहिलो निकाय सेयर होल्डर वा लगानीकर्ता, दोश्रो लघुवित्त चलाउने कर्मचारी वा उच्च पदस्थ व्यक्ति अनि त्यसका सेवाग्राही सदस्य र अर्को चाँही सम्बन्धित ठाउँको समुदाय । शेयर सदस्य जो पैसा लगानी गरेर खेलाडीलाई खेलमा भिडाउँछन् । उता खेलाडी आफ्नो पेट पाल्न ज्यानको आहुति दिन पनि पछि पर्दैनन् ।
यस्तो स्वर्ग जस्तो ठाँउमा जागीर खाने रहर कसलाई हुन्न र ? यही सम्झिएर अधिकांश यूवा बैंक भन्ने बित्तिकै आवेदन दिन हतारिन्छन् । सबै प्रकृया पनि पुरा गर्छन् । जब यसको विषयमा बुझ्दै जान्छन् तब थोरै थोरै महशुस हुँदै जान्छ । तर के गर्ने बल्ल बल्ल बैंकमा पाएको जागीर छोड्नु पनि कसरी ?
कर्मचारी विचरा जागीर खान आउँछन्, मेहनत गरेर लिखित र मौखिक परिक्षा पास गर्छन् । अनि बैंकमा जागिर खाने सपना देख्छन् । अधिकांश यूवा तथा जनमानसमा बैंक भन्ने बित्तिकै ‘क’ वर्गको जस्तै एसी सहितो कोठा, सुटबुट अनि जुत्ता र टाई लगाएर काम गर्ने ठाँउ भन्ने सम्झन्छन् । यस्तो स्वर्ग जस्तो ठाँउमा जागीर खाने रहर कसलाई हुन्न र ? यही सम्झिएर अधिकांश यूवा बैंक भन्ने बित्तिकै आवेदन दिन हतारिन्छन् । सबै प्रकृया पनि पुरा गर्छन् । जब यसको विषयमा बुझ्दै जान्छन् तब थोरै थोरै महशुस हुँदै जान्छ । तर के गर्ने बल्ल बल्ल बैंकमा पाएको जागीर छोड्नु पनि कसरी ?
नियूक्ती लिएर जागीर सुरु गर्ने तयारीमा एसि सहितको कोठा भन्दै बढीनै बुझ्नेहरु अन्ततः गाउँगाउँमा झोला बोक्दै किस्ता उठाउँदै हिँड्नुपर्छ । धेरैले सर भनी सम्बोधन गर्नुपर्नेमा किस्तावाला भन्दा कम्ता नमज्जा लाग्दैन ।
ल ठिकै छ किस्ता उठाउने किस्तावाला नै सहि तर के गर्ने नीति नै बेथिती जस्तो छ, पैसा जस्तो कुरो त्यो पनि बिना धितो । बिना धितो अर्थात सामुहिक जमानीमा ऋण लगानी गरीन्छ । जसको लागी कम्तिमा नियमानुसार ५ वा १० जना महिलाको एउटा समूह हुन जरुरी छ ।
कर्मचारीले ऋण सिफारीस वा लगानि गर्छ, एउटा कागजको खोस्टा (जसलाई सभ्य भाषामा तमसुक भनिन्छ) मा हस्ताक्षर गरेर, आवश्यक परे नागरीकताको फोटोकपि राखेर ऋण लगानि गरीन्छ ।
अब पैसाको मुख कालो हन्छ, लिन ओरालो, तिर्न उकालो हन्छ । एउटै परिवारभित्र त पैसाको मामलामा विश्वास हदैन, तिर्छ कि तिर्दैैन भनेर निधारमा लेखेको हुँदैन । ज्योतिषले जस्तो कुण्डली देखेको हुँदैन भने १० जनामा एकजना मात्र खराब भयो भने सराब भन्दा भयानक हन्छ, त्यसपछि उ खलनायक हन्छ, कुरो बझ्नभएन?
लिएको ऋणको किस्ता तिर्दैन भने गर्ने के ? गालि गरौं हेरेर हाँस्छ, फकाउँ भने हेपेर नाच्छ ।
सामुहिक जमानी भनेर के गर्ने ? न त एउटाले खाएको ऋण अर्कोले तिर्छ । न त त्यो कुराको कसैलाई पिर नै हुन्छ । किस्ता नआएपछि अनि कर्मचारी अफिसतिर फर्किन्छन् । जब ढोकाबाट छिर्नसाथ हाकिमको प्रश्न, सबैले किस्ता तिरे नि ? उसको जवाफ, सर, म त खालि हात फिरे नि,, उफ्फ आज फेरी किस्ता आएन ?
वास्तवमा यो समस्या कहिले सम्म ? नेपाल राष्ट्र बंैकले आवश्यकता भन्दा बढि लघुवित्तलाई दर्ता गर्न दिएर गरेको गल्ती होस् या त लघुवित्तले आफ्नो सिद्धान्तलाई लात हानेर नाफामूखि भएको कुराको गल्ति होस्, यो समस्या अब बहसको रुपमा चल्नु पर्दछ ।
अहिले धेरै सजिलो छ । लघुवित्तले बिना धितो ऋण दिईहाल्छ ।सामुहिक जमानि भन्दा पनि एक्लो जवानिले लघुवित्तलाई डुबाईरहेको छ । प्रशासनमा उजुर गरौ के छ नीतिमा, तपाईहरुको मितिमा त्यहि गर्नुहोस् भनेर पन्छिन खोज्छ । जसरी ऋण दिएको थियो, त्यसरी उठाउनुस्, हैन भने त्यति बराबरको रकम जुटाउनुस् ।
ऋण लिएर भाग्नेको किस्ता कहाँ माग्ने ? बूढा भन्छ, बुडि त उडि, अब मैले किन पैसा तिर्ने ?? यो बाहेक अस्वस्थ प्रतिस्पर्धाको कारण डुब्लिकेसनको समस्याले लघुवित्तहरुलाई अझ चिन्तित बनाईरहेको छ । एउटा व्यक्ति दुई वा सो भन्दा बढि लघुवित्तमा आबद्ध हन्छन् । एउटा बाट ऋण चलायो । अर्कोतिर ब्याज फलायो । ब्याजले थिच्दै जान्छ ऋणले किच्दै जान्छ ।
अनि अब तिर्न सक्ने क्षमता छैन, अनि गर्दिन्छन् आत्मसमर्पण । ऋण लिएर सदुपयोग गर्न नजान्ने अनि ऋण लिएर चाडवाड मनायो, मोजमस्तीमा उडायो, अनि भन्छन्, हामिलाई लघुवित्तले डुबायो । ए दिदि ऋण तपाईलाई फजूल खर्च गर्न दिएको हो कि केहि सदुपयोग गर्नुहोस् भनेर दिएको हो ?
उता माथीबाट घरिघरि फोन फर्काउछन् । ऋण किन उठेन भनि थर्काउछन् । ताकेता गर्न जाँउ, सदस्यले गोल हान्छन् । माथी समाउ, माथी बाटै गोल हान्छन् ।।
लघुवित्त आफैमा गलत छैन, गलत छन् त केबल ति केहि व्यक्ति जसले लघुवित्तको ऋण नतिर्दा पनि केहि हुँदैन, कानुन ले नि छुँदैन भनेर ढोल पिटिरहेका छन् ।
नेपालमा हजारौको संख्यामा त्यस्ता व्यक्ति तथा परिवारहरु छन् । जसले लघुवित्तबाट बिना धितो ऋण चलाएर उक्त ऋणलाई सहि ठाँउमा सदुपयोग गरी आफ्ना जीवन सुधारेका छन् । लघुवित्तलाई आधुनिक साहु सम्झने ठूलो भिडको जमातमा लघुवित्तबाट जीवन सुधारेका व्यक्तिहरुको आवाज त्यसै त्यसै विलाएर जान्छ ।
वास्तवमा यो समस्या कहिले सम्म ? नेपाल राष्ट्र बंैकले आवश्यकता भन्दा बढि लघुवित्तलाई दर्ता गर्न दिएर गरेको गल्ती होस् या त लघुवित्तले आफ्नो सिद्धान्तलाई लात हानेर नाफामूखि भएको कुराको गल्ति होस्, यो समस्या अब बहसको रुपमा चल्नु पर्दछ ।
ऋण नतिर्नेहरुलाई तिर्न बाध्य बनाउने कानुन बन्नुपर्दछ । हैन भने राष्ट्र बैंकले घर फर्क अब भन्नु पर्दछ । शेयर होल्डर जुका झै मोटाउने, अनि कर्मचारीलाई मरिमरि घोटाउने ?
यस विषयमा कसलाई पिर छ ? भनिदिनुस्, के एउटाले खाएको ऋण अर्कोले तिर्छ ?
झट्ट हेर्दा सामान्य जस्तो लाग्ने यो भयानक समस्याको समाधान समयमै सम्बन्धित निकायले नगरे यसले झन् ठूलो समस्या उत्पन्न गराउँदै जानेछ ।
चलाएको ऋण तिर्नु हुँदैन वा नतिर्दा पनि हुन्छ भन्ने नियम त छैन होला नि ? तिर्नैपर्छ भन्ने कानुन छ कि छैन ? छ भने सम्बन्धित निकाय वा प्रशासन किन लघुवित्तको विषयमा अनविज्ञ जस्तो भएर बस्दछ ? लघुवित्तले डुबायो भन्दै गाँउगाँउमा कर्मचारी लखेटिन थाल्दैछन् । ताकेदामा जाने कर्मचारीलाई तह लगाउन गुण्डा सम्म पाल्दैछन् । लघुवित्तका कर्मचारीको सरक्षाको ग्यारेण्टी कसले गर्ने ? कि ग्यारेन्टिको ठाउँमा जीवनविमाको वारेन्टिले काम चलाउने ?
झट्ट हेर्दा सामान्य जस्तो लाग्ने यो भयानक समस्याको समाधान समयमै सम्बन्धित निकायले नगरे यसले झन् ठूलो समस्या उत्पन्न गराउँदै जानेछ । पछि अप्रिय घटना घटेपछि वा संवेदनशिल स्थिती खडा भएपछि भुँईमा कुइना राखी पुर्पुरोमा हातले छोप्न बाहेक अन्य कुनै विकल्प रहने छैन्, समयमै ध्यान जाओस् । Copy post by https://www.facebook.com/groups/904660803044442/permalink/1102827396561114/?app=fbl

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Initial Public Offerings

नेपाल राष्ट्र बैंक को तयारी गरिरहनु भयका साथीहरुको लागि शंकलित पाठ्य सामग्री

Pokémon Go has stopped working in Nepal.