संदेश

सितंबर, 2018 की पोस्ट दिखाई जा रही हैं
चारैदिशातिर घुमिरहेको कसैको नजर अचानक भुईमा परेकी ती युवतीको अनुहारमा पर्छ । प्रकाश निकाल्ने ती दुई डरलाग्दो आँखाहरु अनि चारैतिर कालो अन्धकारबाहेक अरु केही देखिदैन्थ्यो । पाईला ढुङ्गामा ठेस लागेर नराम्ररी घायल भएको थियो र खुट्टाका औलाहरु रगतले रातै रङ्गिएको थियो । केही समयसम्म राम्ररी नियालेपछि उनले त्यो दरलाग्दो प्रकाशिन आँखाको रहस्य थाहा पाउछिन । आफु लडेडो भुइँको ठिक सामुन्ने एउटा बिशाल रुख हुन्छ जसको प्वालमा घर बनाई बसेको एउटा लाटोकोसेरो उनलाई एकटकले हेरिरहेको हुन्छ । लामोसमयदेखीको अविरल बर्षाकोे चापमा परेको त्यो लाटोकोसेरो पुर्नरुपले भिजेको हुन्छ र त्यो रातको ताण्डवले उ पनि नराम्ररी भयभित भएको हुन्छ । लाटोकोसेरो र युवतीको नजर एकआपसमा जुधिन्छ । युवतीको ती आखालाई देख्दै त्यो लाटोकोसेरो अझ तर्सिन्छ र त्याहाबाट उडेर अन्तै जान्छ । सायद उसले त्यो युवतीसङ्ग घटने घटनाको चाल पाई सकेको थियो । अचानक युवतीले ती नौजवानहरुले बोकेका लालटिनको प्रकाश आफुतिर आउदै गरेको देख्छिन अनि हत्तपत्त उभिएर भाग्न तैयार हुन्छिन ।तर चाहेअनुरुपको गतिमा भने उनी भाग्न सक्दिन्न । जंगली काडाहरुमा परेर शरीरमा लगाएको