चारैदिशातिर घुमिरहेको कसैको नजर अचानक भुईमा परेकी ती युवतीको अनुहारमा पर्छ । प्रकाश निकाल्ने ती दुई डरलाग्दो आँखाहरु अनि चारैतिर कालो अन्धकारबाहेक अरु केही देखिदैन्थ्यो । पाईला ढुङ्गामा ठेस लागेर नराम्ररी घायल भएको थियो र खुट्टाका औलाहरु रगतले रातै रङ्गिएको थियो । केही समयसम्म राम्ररी नियालेपछि उनले त्यो दरलाग्दो प्रकाशिन आँखाको रहस्य थाहा पाउछिन । आफु लडेडो भुइँको ठिक सामुन्ने एउटा बिशाल रुख हुन्छ जसको प्वालमा घर बनाई बसेको एउटा लाटोकोसेरो उनलाई एकटकले हेरिरहेको हुन्छ । लामोसमयदेखीको अविरल बर्षाकोे चापमा परेको त्यो लाटोकोसेरो पुर्नरुपले भिजेको हुन्छ र त्यो रातको ताण्डवले उ पनि नराम्ररी भयभित भएको हुन्छ । लाटोकोसेरो र युवतीको नजर एकआपसमा जुधिन्छ । युवतीको ती आखालाई देख्दै त्यो लाटोकोसेरो अझ तर्सिन्छ र त्याहाबाट उडेर अन्तै जान्छ । सायद उसले त्यो युवतीसङ्ग घटने घटनाको चाल पाई सकेको थियो ।
अचानक युवतीले ती नौजवानहरुले बोकेका लालटिनको प्रकाश आफुतिर आउदै गरेको देख्छिन अनि हत्तपत्त उभिएर भाग्न तैयार हुन्छिन ।तर चाहेअनुरुपको गतिमा भने उनी भाग्न सक्दिन्न । जंगली काडाहरुमा परेर शरीरमा लगाएको लुगा पनि ठाउँठाँउमा च्यात्तिसकेको थियो भने लामो समयदेखिको भागमभागले शरीर पुरै शिथिल भएको थियो। अझ तिव्र गतिमा दौडिने उनमा सामर्थ्य थिएन तसर्थ उनले त्यो शिशुलाई त्यही रुखको फेदमुनी राखेर ती नौजवानहरु भए तिर लाग्छिन । नौजवानहरुले युवतीलाई आफूतिर आउदै गरेको बाटोमा देख्छ्न तर ती युवती तिनिहरु तिर नभई अर्को बाटो लाग्छिन । आफ्नो बच्चालाई बचाउन उनले त्यो पाइला चालेकि थिइन । शिशुलाई त्यो रुखको फेदमुनी छोडेर उनी नौजवान युवकहरुको समक्ष उनिहरुको ध्यान आफुतिर तान्न बढेकी थिइन ताकी उनीहरुले शिशुलाई त्यो रुखको फेदमा छोडेको चाल नपाओस । आफ्नो योजनाअनुरुप उनी सफल हुन्छिन र ती युवकहरुलाई आफु लागेको बाटोतिर डोर्याउछिन । सिङ्गो वनभरी नै त्यो रात जङ्गली ब्वासोहरु रोएको चर्को कोलाहल सुनिन्थ्यो र त्यो कोलाहल सङ्गै यता त्यो शिशु आफ्नो आमालाई खोज्दै छ्ट्पटाई रहेको थियो । उ बारम्बार आफ्नो आमाको न्यानो काख पाउन तड्पीरहेको थियो र लामो समयदेखि भोको पनि थियो । भोक र आफ्नो आमाबाट छुटिएको पिडामा उ लगातार रोईरहन्छ । लामोसमयसम्म त्यो शिशु रोइरहन्छ, रोएकोरोइरहन्छ तर उसलाई चुप गराउन न त उस्कै आमा आउँछ न त अरु कोहि नै । यता ती युवती आफ्नो गतिमा भागी रहेकी हुन्छिन र दौडिरहेको आफ्नो हरेक पाइलाहरुसङ्गसङ्गै उनि आफ्नो विगतका दिनहरु सम्झिन थाल्छिन । विगतका ती निर्दयी दिनहरुलाई जसले आज उनलाई त्यो अवस्थामा पुर्याएको थियो । उनको आँखा अगाडिबाट एकएक गरेर ती दिनहरुका झ-झल्को आउदै जाँदै गर्न थाल्छ ।
To Be Continue......................

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Initial Public Offerings

नेपाल राष्ट्र बैंक को तयारी गरिरहनु भयका साथीहरुको लागि शंकलित पाठ्य सामग्री

Pokémon Go has stopped working in Nepal.