संदेश

अगस्त, 2018 की पोस्ट दिखाई जा रही हैं

झोला महात्म्य

“शिल्पी, अबको २० मिनेटमा !” “हस् !” म बतासिएँ पुरानो बानेश्वरतिर । बस, टेम्पो— दुईथरी गाडी चढेर निर्धारित समयभन्दा ६ मिनेट ढिलो पुगें । ‘ययाति’को नियमित शो शुरु हुँदै थियो । नाटकको ठूलो पोस्टरअघि उभिएको थियो पात्र ‘अ’, जसले मलाई फोन गरेको थियो । “बाटो ब्रो ! खै झोला ?” ‘अ’को प्रश्न आइहाल्यो । हतारमा छुट्यो । कि बिर्सिएँ मैले ? के उसले मलाई झोला नभिरेको बेला देखेकै छैन ? झोला मेरो बानी हो र ? के झोला नहुँदा म फरक देखिएको थिएँ र ? झोलावाला प्रश्नले रन्थनिएपछि यति लेखियो । हुन त झोलाको उत्पत्ति कहाँ, कसरी र कुन समयमा भयो भन्ने यथेष्ट अध्ययन र प्रमाण नभेटिए पनि एक अज्ञात स्रोतको खबरलाई मान्ने हो भने झोलाको प्रयोग पहिलोपटक पृथ्वीलोकमा भन्दा स्वर्गलोकमा भएको हो । नारदमुनी खबरी थिए । कुरौटे स्वभावका नारदमुनीले एक ठाउँका कुरा अर्को ठाउँमा प्रवाह गर्थे । पछि समयक्रममा सुनाइने र बोलिने कुरामा विश्वसनीयता घट्दै गएपछि नारदमुनीले लिखित सन्देश पठाउन थाले । तसर्थ ती सारा लिखित सन्देश कसरी प्रवाह गर्ने भनी सल्लाह लिन विश्वकर्मा बाबाकहाँ पुगे । बाबाले धातु, रत्न, पल्ला र मंगलजडित एउ

एक लज्जित पुरुषको बकपत्र

चित्र
पुरूषवादी व्यवस्था रहेसम्म प्रत्येक नारीले पाएको एकएक यातनाको हिसाब पुरूषले दिनैपर्छ । पुरुष भएकै कारण लज्जित छु म । लज्जित हुनका लागि मसँग जति कारणहरू छन्, त्यति त लज्जित नहुनका लागि स्पष्टीकरणका बुँदा पनि छैनन् । पुरुष भएर जन्मेकैले लज्जित हुनु नपर्ने हो । तर नारी भएर जन्मेकैले पाइला–पाइलामा बलात्कार र हत्याको सिकार हुनुपर्ने कारण के छ ? बलात्कृत भई मारिएकी किशोरीको अनुहारले चिच्याइ–चिच्याइ भनिरहेछ– आजको मितिमा लज्जित महसुस गर्न पुरुष हुनु नै काफी छ । त्यसैले एक लज्जित पुरुष एक्काइसौं शताब्दीमा टेकेर यो बकपत्र लेखिरहेको छ ।  पुरुष हुँदैमा अपराधी हुन पर्दैन, बलात्कारी दरिन पर्दैन । कुनै बलात्कारी पुरुष हुनुको दोष सबै पुरुषले बोक्नुपर्छ भन्ने पनि होइन । तर पुरुषवादी व्यवस्था रहेसम्म प्रत्येक नारीले पाएको एकएक यातनाको हिसाब पुरुषले दिनैपर्छ । घरदेखि चोकबजार, चिसापसलदेखि पार्टी कार्यालय, संसद्देखि न्यायालयसम्म जताततै नारीले भोग्ने दलन बेहिसाब छ । नारी हुनुकै कारण दिनहुँ नारीको भागमा परेको भेदभाव, छुवाछूत, निषेध, बलात्कार र हत्याका निम्ति पुरुष लज्जित हुनैपर्छ । पुरुष भएकै कारण तम