संदेश

दिसंबर, 2016 की पोस्ट दिखाई जा रही हैं

आगामी दिनमा यी ५ जागिर खाने हुनेछन् मालामाल

धेरैलाई लाग्नसक्ला, डाक्टर र इञ्जिनियरहरुको सबैभन्दा बढी तलब होला । तर अब यो कुरा भ्रममा सीमित बन्न पुुगेको छ । त्यति मात्र होइन, पछिल्लो सालमा नयाँ नयाँ जागिरमा निकै आकर्षक तलब र सेवासुविधाहरु पनि पाइन्छ । तपाईले आधुनिक र समय सापेक्ष जागिर वा व्यवसाय चुन्न सक्नुुभयो नेपालमा मात्र होइन, विदेशमा गएर समेत राम्रो कमाई गर्न सक्नुहुुन्छ । मिडिया रिपोर्टहरुका अनुसार आगामी दिनमा ५ व्यवसाय गर्ने वा जागिर खानेहरु मालामाल हुनेछन् । के हुन् त ती व्यवसाय वा क्षेत्र ? 1 - सोशल मिडिया मेनेजर ठूला कम्पनीहरुमा ब्राण्ड कल्चर निकै फस्टाएको छ । योसँगै सोशल मिडिया मेनेजरको भूमिका समेत निकै प्रभावकारी भइरहेको छ । यो क्षेत्रमा मानिसहरुसँगको अनुुभव १० वर्ष भन्दा बढीको छैन, यसकारण पनि यो क्षेत्रमा कम जनशक्ति छ र उत्तिकै संभावना पनि । सोशल मिडियामा सक्रिय मानिसहरुमार्फत कुनै पनि कम्पनीको ब्राण्ड प्रोमोसन गर्ने काम सोशल मिडिया मेनेजरको हो । फेसबुक, ट्वीटर प्रयोगकर्ताको वृद्धिसँगै नेपालकै ठूलो औद्योगिक घराना, कम्पनी तथा बैंक तथा बित्तीय संस्थाहरुले समेत यो पदमा कर्मचारी नियुक्त गर्न थालेका छन् । पढाई थोरै भएर

क्लियरिङ्ग बैंक र दलाल व्यवसायी थप्न नेप्सेलाई धितोपत्र बोर्डको आग्रह

। नेपाल धितोपत्र बोर्र्डले नेपाल स्टक एक्सचेञ्जलाई क्लियरिङ्ग बैंक थप्न तथा काठमाडौं उपत्यका बाहिर दलाल व्यवसायीहरुको शाखा विस्तार गर्ने वा दलाल व्यवसायी थप गरी क्षमता विस्तार गर्न पुनः निर्देशन दिएको छ । सोमबार बोर्डका प्रवक्ता निरज गिरीले एक विज्ञप्ति प्रकाशित गर्दै नेप्सेलाई त्यस्तो निर्देशन दिएका हुन् । आइतबारदेखि दोहोरो अंकमा घटिरहेको बजारप्रति लक्षित गर्दै लगानीकर्तालाई हतोत्साही नभई लगानी गर्न र बजार घट्नैपर्ने खास कारण केही नभएकोले नअत्तालिन आग्रह समेत गरेको छ । बजार सुधार गर्दे लगिएको, समग्र अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको र धेरै जसो सूचिकृत संगठित संस्थाहरुको कार्य सम्पादनको स्थिति सन्तोषजनक रहेकोले लगानीकर्ताहरु बजारको अवस्था प्रति हतोत्साहित हुने अवस्था देखिदैन । विज्ञप्तिमा भनिएको छ । धितोपत्र बजारको हालको स्थितिलाई आफूहरुले सूक्ष्म रुपले हेरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छः धितोपत्र लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको आधारभूत तथा प्राविधिक पक्षको जानकारी लिई हतोत्साहित नभई हल्लाको पछि नल

म्युचुअल फण्डमा लगानी गर्नुभन्दा अगाडि कुन–कुन कुरामा ध्यान दिनुपर्छ ?

। म्युचुअल फण्डमा गरिएको लगानीबाट बैंकहरुले दिएको बचत स्कीमकोभन्दा बढी रिटर्न(नाफा) प्राप्त हुन्छ । नेपालमा पनि ७ वटा म्युचुअल फण्ड(सामूहिक लगानी कोष) छन् । पछिल्लो समय लगानीकर्ताको आकर्षण यस्ता कोषतर्फ तीव्र गतिमा बढिरहेको पाइन्छ । तर, यो चाहि निश्चित भन्न सकिन्न कि सबै म्युचुअल फण्डहरुले सबै लगानीकर्तालाई राम्रै रिटर्न दिन्छन । कतिपय अवस्थामा यस्तो कोषमा गरिएको लगानीबाट घाटा पनि हुनसक्छ । विज्ञहरुले भनेका छन् कि यहीकारण लगानीकर्ताहरुले फण्डको बिषयमा राम्रो जानकारी हासिल गर्न आवश्यक हुन्छ । आफूले लगानी गर्ने यस्तो फण्डको बिषयमा सही जानकारी सही समयमा नलिंदा घाटा खानुपर्ने अवस्था समेत आउनसक्छ । हामी आज तपार्इंलाई म्युचुअल फण्डमा लगानी गर्नुभन्दा अगाडि कुन–कुन कुरामा ध्यान दिनुपर्छ भन्ने बिषयमा केही टिप्स दिन गइरहेका छौं । 1.फण्डको पछिल्लो प्रस्तुती कुनै पनि म्युचुअल फण्ड छनौट गर्नुअघि त्यसले विगत २ देखि ३ वर्षको बीचमा गरेको प्रगति वा प्रस्तुती हेर्नुपर्छ । तर, पछिल्लो प्रदर्शन भविष्यको प्रदर्शनको आधार चाहि बन्नसक्दैन । यसबाट तपाईंलाई यो कुराको जानकारी प्राप्त हुन्छ कि यो म्यूचुल फण