संदेश

जुलाई, 2018 की पोस्ट दिखाई जा रही हैं

यस्तो छ नेपालको नामाकरणदेखि २०७२ सम्मको इतिहास

एसियाका ठूला देशहरु चीन र भारतको बीचमा हिमालको काखमा रहेको देश हो नेपाल । यहाँको भूगोल, हावापानी, संस्कृति, चालचलन अन्य राष्ट्रको भन्दा फरक रहेको छ । यससँगै नेपालको इतिहास पनि फरक छ । नेपाल दक्षिणतिर रहेका देशहरु अन्य देशको अधिनमा रहँदा पनि स्वतन्त्र रहँदै आएको छ । नामाकरणः नेपाल शब्द कहाँबाट र कसरी आयो भन्नेमा एकिन तथ्यांक छैन । तर, पनि नेपाल हिमालयको काखमा भएका कारण नेपाल नामको उत्पत्ति ‘निपालयबाट भएको विश्वास गरिन्छ । साथै नेपाल शब्द तिब्बती भाषा ‘नियमपालबाट आएको भन्ने पनि गरिन्छ । जसको अर्थ पवित्र भूमि भन्ने हुन्छ । त्यसैगरी नेपालमा उल्लेख्य मात्रामा ऊनको उत्पादन हुने र ऊन राख्नलाई तिरपालको प्रयोग गरिन्थ्यो । त्यसैले ऊनको अर्थ ने र तिरपालको अर्थ पालबाट नेपाल बनेको पनि भन्ने गरिनछ । नेपालको प्राचिन इतिहास किराँत कालः  काठमाण्डु उपत्यकामा उत्खननका क्रममा भेटिएका नियोलिथिक उपकरणहरुबाट नेपालमा ९ हजार वर्ष पहिलेदेखि मानिसहरु बस्ने गरेको अनुमान लगाइन्छ । त्यसैअनुसार किराँत जातिका मानिसहरु करिब २५ सय वार्षअघि देखि यहाँ बसोसा गरेको अनुमान लगाइन्छ । किराँती पहाडि र जंगलीको एक जनजाती