संदेश

2019 की पोस्ट दिखाई जा रही हैं

लघुवित्त अहिले

अङग्रेजीमा माइक्रो फाइनान्स भनिने लघुवित्तले अहिले देशमा एउटा चुनौती खडा गरेको छ । बंंगलादेशको प्रोफेसर मोहम्मद युनुशले प्रतिपादन गरेको सिद्धँन्त गलत थियो भना“ै भने म गलत हुन्छु, सिद्धान्त ठिक छ भन्दा पनि म नै गलत हुन्छु । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यताप्राप्त बैंकहरुमा आएको विकराल समस्याले अर्थतन्त्रमै एउटा चुनौती र समस्या थपिदिएको छ । लघुवित्त स“ग जोेडिएका मुख्य निकाय वा व्यक्तिको प्रसंगमा लेख्दै छु म आज । पहिलो निकाय सेयर होल्डर वा लगानीकर्ता, दोश्रो लघुवित्त चलाउने कर्मचारी वा उच्च पदस्थ व्यक्ति अनि त्यसका सेवाग्राही सदस्य र अर्को चाँही सम्बन्धित ठाउँको समुदाय । शेयर सदस्य जो पैसा लगानी गरेर खेलाडीलाई खेलमा भिडाउँछन् । उता खेलाडी आफ्नो पेट पाल्न ज्यानको आहुति दिन पनि पछि पर्दैनन् । यस्तो स्वर्ग जस्तो ठाँउमा जागीर खाने रहर कसलाई हुन्न र ? यही सम्झिएर अधिकांश यूवा बैंक भन्ने बित्तिकै आवेदन दिन हतारिन्छन् । सबै प्रकृया पनि पुरा गर्छन् । जब यसको विषयमा बुझ्दै जान्छन् तब थोरै थोरै महशुस हुँदै जान्छ । तर के गर्ने बल्ल बल्ल बैंकमा पाएको जागीर छोड्नु पनि कसरी ? कर्मचारी विचरा