संदेश

2021 की पोस्ट दिखाई जा रही हैं

बजेटले समेटेका बैंक तथा वित्तीय क्षेत्रका मुख्य बुँदाहरु

सरकारले सहुलीयत कर्जादेखि विद्यार्थीलाई २५ लाख सम्मको कर्जा दिने बजेटमा उल्लेख गरेको छ । बीमा क्षेत्रमा पहुँच बढाईने तथा वित्तीय क्षेत्रलाई आबश्यकता अनुसार व्यबस्थीत गरिने बजेटमा उल्लेख गरेको छ । बैकिङ तथा वित्तीय क्षेत्रलाई बजेटले यसरी समेटेको छ । सरकारले बजेटमा ५ प्रतिशतको पुनरकर्जा व्यबसायलाई निरन्तरता दिने भएको छ । त्यसैगरी उद्यमशील कर्जालाई फोकस गरिएको छ । यसको दायरा बढाइने भएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म कर्जा दिने घोषणा गरिएको छ । पर्यटन ब्यवसाय, सञ्चारगृह, हेल्थ क्लब, इजाजत र नवीकरण छुट दिइएको छ । बजेटमा तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरिएको छ । सरकारले व्याचलर्स पुरा गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । यस्तो कर्जाको व्याजदर ५ प्रतिशत हुनेछ । सरकारले १२ कक्षा सम्मका विद्यार्थीलाई अध्ययनका लागि एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ कर्जा उपलब्ध गराउने भएको छ । बैकल्पिक अध्ययनका लागि यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्ने गरी उपलव्ध गराइने छ । सरक