जुल्फे माइला बिगत ६ बर्ष देखि कतारको एक सेक्युरिटी कम्पनीमा कार्यरत छ । घरदेश छाडी परदेश लागेको यतिका बर्ष सम्म उ घर फर्केको छैन । घर देश छाडी परदेश लाग्नु सबैको निम्ति एउटा बाध्यता नै हो । तर बाध्यता एक भए पनि समस्या भने अनेक हुन्छन । अन्य नेपाली कामदार झैं आर्थिक अभाबले जुल्फे माइला परदेश लागेको नभई द्धन्दकालमा उनि माऔबादीको शिकार भै परदेश लागेको थियो । पंचायतकालमा जुल्फेको बाउ एक प्रधान पंचाको भरौटे थियो। त्यसैले उनि गाउँ ठाउँमा निक्कै दादा गिरि गरि खान्थें । त्यस्तै संस्कारमा हुर्केकोले होला जुल्फे माइला पनि बाउले झैं गरि सोझा सिधा गाउँलेलाई दुख दी रहन्थ्यो भने गाउँको छोरी चेलीलाई आँखाको तारो बनाउने गर्थ्यो । आफ्नो बाउ र पूर्व प्रधान्पंचाको रबाफमा जुल्फेले गाउँ समाजमा चोरी डाँका समेत गर्न थालेसी गाउँलेहरु अचित हुन थालेको थियो । देश द्धन्दकलिन अवस्थामा भएको कारण गाउमा सरकारी प्रहरी चौकी शुन्य नै थियो । त्यसैले सबै गाउँले मिलेर बिद्रुही माऔबादीको जना अदालतमा मुद्दा दर्ता गर्यो । त्यसै अनुरुप माऔबादीले उसलाई पक्रेर २ महिना आफ्नु पार्टीमा हिंड्नु पर्ने र माऔबादी पार्टीको निर्देशनानुसार समाज र पार्टीलाई फाइदा हुने कार्य गर्नु पर्ने,अनि यस्तो अपराध कहिलै नगर्ने सर्तमा उसलाई छोड्छ । नानी देखि लागेको बानि कहाँ छाड्नु । केहि दिनमै जुल्फेले १२ बर्षीय नानी देखि लिएर ३५ बर्षीय गर्बावती महिलालाई समेत बलात्कार गर्छ । यो घटना थाहा पाउन साथ् माऔबादी पार्टीले आफुले सम्झाई अनुसार नसुध्रेकोले उसलाई मृत्यु दण्ड दिने निर्णय गर्छ । यो खबर जुल्फेले थाहा पाउन साथ् उ रातारात सदरमुकाम गइ पास पोर्ट बनाइ कतार भाग्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Initial Public Offerings

नेपाल राष्ट्र बैंक को तयारी गरिरहनु भयका साथीहरुको लागि शंकलित पाठ्य सामग्री

Pokémon Go has stopped working in Nepal.