संदेश

चारैदिशातिर घुमिरहेको कसैको नजर अचानक भुईमा परेकी ती युवतीको अनुहारमा पर्छ । प्रकाश निकाल्ने ती दुई डरलाग्दो आँखाहरु अनि चारैतिर कालो अन्धकारबाहेक अरु केही देखिदैन्थ्यो । पाईला ढुङ्गामा ठेस लागेर नराम्ररी घायल भएको थियो र खुट्टाका औलाहरु रगतले रातै रङ्गिएको थियो । केही समयसम्म राम्ररी नियालेपछि उनले त्यो दरलाग्दो प्रकाशिन आँखाको रहस्य थाहा पाउछिन । आफु लडेडो भुइँको ठिक सामुन्ने एउटा बिशाल रुख हुन्छ जसको प्वालमा घर बनाई बसेको एउटा लाटोकोसेरो उनलाई एकटकले हेरिरहेको हुन्छ । लामोसमयदेखीको अविरल बर्षाकोे चापमा परेको त्यो लाटोकोसेरो पुर्नरुपले भिजेको हुन्छ र त्यो रातको ताण्डवले उ पनि नराम्ररी भयभित भएको हुन्छ । लाटोकोसेरो र युवतीको नजर एकआपसमा जुधिन्छ । युवतीको ती आखालाई देख्दै त्यो लाटोकोसेरो अझ तर्सिन्छ र त्याहाबाट उडेर अन्तै जान्छ । सायद उसले त्यो युवतीसङ्ग घटने घटनाको चाल पाई सकेको थियो । अचानक युवतीले ती नौजवानहरुले बोकेका लालटिनको प्रकाश आफुतिर आउदै गरेको देख्छिन अनि हत्तपत्त उभिएर भाग्न तैयार हुन्छिन ।तर चाहेअनुरुपको गतिमा भने उनी भाग्न सक्दिन्न । जंगली काडाहरुमा परेर शरीरमा लगाएको ...

झोला महात्म्य

“शिल्पी, अबको २० मिनेटमा !” “हस् !” म बतासिएँ पुरानो बानेश्वरतिर । बस, टेम्पो— दुईथरी गाडी चढेर निर्धारित समयभन्दा ६ मिनेट ढिलो पुगें । ‘ययाति’को नियमित शो शुरु हुँदै थियो । नाटकको ठूलो पोस्टरअघि उभिएको थियो पात्र ‘अ’, जसले मलाई फोन गरेको थियो । “बाटो ब्रो ! खै झोला ?” ‘अ’को प्रश्न आइहाल्यो । हतारमा छुट्यो । कि बिर्सिएँ मैले ? के उसले मलाई झोला नभिरेको बेला देखेकै छैन ? झोला मेरो बानी हो र ? के झोला नहुँदा म फरक देखिएको थिएँ र ? झोलावाला प्रश्नले रन्थनिएपछि यति लेखियो । हुन त झोलाको उत्पत्ति कहाँ, कसरी र कुन समयमा भयो भन्ने यथेष्ट अध्ययन र प्रमाण नभेटिए पनि एक अज्ञात स्रोतको खबरलाई मान्ने हो भने झोलाको प्रयोग पहिलोपटक पृथ्वीलोकमा भन्दा स्वर्गलोकमा भएको हो । नारदमुनी खबरी थिए । कुरौटे स्वभावका नारदमुनीले एक ठाउँका कुरा अर्को ठाउँमा प्रवाह गर्थे । पछि समयक्रममा सुनाइने र बोलिने कुरामा विश्वसनीयता घट्दै गएपछि नारदमुनीले लिखित सन्देश पठाउन थाले । तसर्थ ती सारा लिखित सन्देश कसरी प्रवाह गर्ने भनी सल्लाह लिन विश्वकर्मा बाबाकहाँ पुगे । बाबाले धातु, रत्न, पल्ला र मंगलजडित एउ...

एक लज्जित पुरुषको बकपत्र

चित्र
पुरूषवादी व्यवस्था रहेसम्म प्रत्येक नारीले पाएको एकएक यातनाको हिसाब पुरूषले दिनैपर्छ । पुरुष भएकै कारण लज्जित छु म । लज्जित हुनका लागि मसँग जति कारणहरू छन्, त्यति त लज्जित नहुनका लागि स्पष्टीकरणका बुँदा पनि छैनन् । पुरुष भएर जन्मेकैले लज्जित हुनु नपर्ने हो । तर नारी भएर जन्मेकैले पाइला–पाइलामा बलात्कार र हत्याको सिकार हुनुपर्ने कारण के छ ? बलात्कृत भई मारिएकी किशोरीको अनुहारले चिच्याइ–चिच्याइ भनिरहेछ– आजको मितिमा लज्जित महसुस गर्न पुरुष हुनु नै काफी छ । त्यसैले एक लज्जित पुरुष एक्काइसौं शताब्दीमा टेकेर यो बकपत्र लेखिरहेको छ ।  पुरुष हुँदैमा अपराधी हुन पर्दैन, बलात्कारी दरिन पर्दैन । कुनै बलात्कारी पुरुष हुनुको दोष सबै पुरुषले बोक्नुपर्छ भन्ने पनि होइन । तर पुरुषवादी व्यवस्था रहेसम्म प्रत्येक नारीले पाएको एकएक यातनाको हिसाब पुरुषले दिनैपर्छ । घरदेखि चोकबजार, चिसापसलदेखि पार्टी कार्यालय, संसद्देखि न्यायालयसम्म जताततै नारीले भोग्ने दलन बेहिसाब छ । नारी हुनुकै कारण दिनहुँ नारीको भागमा परेको भेदभाव, छुवाछूत, निषेध, बलात्कार र हत्याका निम्ति पुरुष लज्जित हुनैपर्छ । पुरुष भएकै कार...

यस्तो छ नेपालको नामाकरणदेखि २०७२ सम्मको इतिहास

एसियाका ठूला देशहरु चीन र भारतको बीचमा हिमालको काखमा रहेको देश हो नेपाल । यहाँको भूगोल, हावापानी, संस्कृति, चालचलन अन्य राष्ट्रको भन्दा फरक रहेको छ । यससँगै नेपालको इतिहास पनि फरक छ । नेपाल दक्षिणतिर रहेका देशहरु अन्य देशको अधिनमा रहँदा पनि स्वतन्त्र रहँदै आएको छ । नामाकरणः नेपाल शब्द कहाँबाट र कसरी आयो भन्नेमा एकिन तथ्यांक छैन । तर, पनि नेपाल हिमालयको काखमा भएका कारण नेपाल नामको उत्पत्ति ‘निपालयबाट भएको विश्वास गरिन्छ । साथै नेपाल शब्द तिब्बती भाषा ‘नियमपालबाट आएको भन्ने पनि गरिन्छ । जसको अर्थ पवित्र भूमि भन्ने हुन्छ । त्यसैगरी नेपालमा उल्लेख्य मात्रामा ऊनको उत्पादन हुने र ऊन राख्नलाई तिरपालको प्रयोग गरिन्थ्यो । त्यसैले ऊनको अर्थ ने र तिरपालको अर्थ पालबाट नेपाल बनेको पनि भन्ने गरिनछ । नेपालको प्राचिन इतिहास किराँत कालः  काठमाण्डु उपत्यकामा उत्खननका क्रममा भेटिएका नियोलिथिक उपकरणहरुबाट नेपालमा ९ हजार वर्ष पहिलेदेखि मानिसहरु बस्ने गरेको अनुमान लगाइन्छ । त्यसैअनुसार किराँत जातिका मानिसहरु करिब २५ सय वार्षअघि देखि यहाँ बसोसा गरेको अनुमान लगाइन्छ । किराँती पहाडि र जंगलीको एक जन...

आगामी दिनमा यी ५ जागिर खाने हुनेछन् मालामाल

धेरैलाई लाग्नसक्ला, डाक्टर र इञ्जिनियरहरुको सबैभन्दा बढी तलब होला । तर अब यो कुरा भ्रममा सीमित बन्न पुुगेको छ । त्यति मात्र होइन, पछिल्लो सालमा नयाँ नयाँ जागिरमा निकै आक...

क्लियरिङ्ग बैंक र दलाल व्यवसायी थप्न नेप्सेलाई धितोपत्र बोर्डको आग्रह

। नेपाल धितोपत्र बोर्र्डले नेपाल स्टक एक्सचेञ्जलाई क्लियरिङ्ग बैंक थप्न तथा काठमाडौं उपत्यका बाहिर दलाल व्यवसायीहरुको शाखा विस्तार गर्ने वा दलाल व्यवसायी थप गरी क्...

म्युचुअल फण्डमा लगानी गर्नुभन्दा अगाडि कुन–कुन कुरामा ध्यान दिनुपर्छ ?

। म्युचुअल फण्डमा गरिएको लगानीबाट बैंकहरुले दिएको बचत स्कीमकोभन्दा बढी रिटर्न(नाफा) प्राप्त हुन्छ । नेपालमा पनि ७ वटा म्युचुअल फण्ड(सामूहिक लगानी कोष) छन् । पछिल्लो समय लगानीकर्ताको आकर्षण यस्ता कोषतर्फ तीव्र गतिमा बढिरहेको पाइन्छ । तर, यो चाहि निश्चित भन्न सकिन्न कि सबै म्युचुअल फण्डहरुले सबै लगानीकर्तालाई राम्रै रिटर्न दिन्छन । कतिपय अवस्थामा यस्तो कोषमा गरिएको लगानीबाट घाटा पनि हुनसक्छ । विज्ञहरुले भनेका छन् कि यहीकारण लगानीकर्ताहरुले फण्डको बिषयमा राम्रो जानकारी हासिल गर्न आवश्यक हुन्छ । आफूले लगानी गर्ने यस्तो फण्डको बिषयमा सही जानकारी सही समयमा नलिंदा घाटा खानुपर्ने अवस्था समेत आउनसक्छ । हामी आज तपार्इंलाई म्युचुअल फण्डमा लगानी गर्नुभन्दा अगाडि कुन–कुन कुरामा ध्यान दिनुपर्छ भन्ने बिषयमा केही टिप्स दिन गइरहेका छौं । 1.फण्डको पछिल्लो प्रस्तुती कुनै पनि म्युचुअल फण्ड छनौट गर्नुअघि त्यसले विगत २ देखि ३ वर्षको बीचमा गरेको प्रगति वा प्रस्तुती हेर्नुपर्छ । तर, पछिल्लो प्रदर्शन भविष्यको प्रदर्शनको आधार चाहि बन्नसक्दैन । यसबाट तपाईंलाई यो कुराको जानकारी प्राप्त हुन्छ कि यो म्यूचुल फण...