चिनिया राष्ट्रपति सि जिनपिङ र उनको बुबा संगको बाल्यकाल
![चित्र](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg-eAdLJNDynoz7QD1jwgvCCTap1XwSNMh10dHB-i-17gwaOGOJTVF2GX0dtnYsJwQRC7RMr_N2wRIRdjKqDNRgo1Hz4M5coieiUOFXzakAd4NgApoJxTf48FqjaRMf5FGXlK51Yd4K1RM/s1600/SAVE_20200420_194220.jpg)
# चिनिया राष्ट्रपति सि जिनपिङको यो कुरा सारै मन पर्यो ! उनी भन्छन्: “म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें। जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो। एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकलमात्र अण्डा खाने अवसर जुर्थ्यो—चाडपर् वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गर्दा उनको कचौराको पिंधमा चाउचाउमुनि दुइटा अण्डा देखियो! मलाई ज्यादै पश्चाताप भयो! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो। मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो— "प्रिय छोरो, तिमीले बुझ्नु पर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन प...