संदेश

बजेटले समेटेका बैंक तथा वित्तीय क्षेत्रका मुख्य बुँदाहरु

सरकारले सहुलीयत कर्जादेखि विद्यार्थीलाई २५ लाख सम्मको कर्जा दिने बजेटमा उल्लेख गरेको छ । बीमा क्षेत्रमा पहुँच बढाईने तथा वित्तीय क्षेत्रलाई आबश्यकता अनुसार व्यबस्थीत गरिने बजेटमा उल्लेख गरेको छ । बैकिङ तथा वित्तीय क्षेत्रलाई बजेटले यसरी समेटेको छ । सरकारले बजेटमा ५ प्रतिशतको पुनरकर्जा व्यबसायलाई निरन्तरता दिने भएको छ । त्यसैगरी उद्यमशील कर्जालाई फोकस गरिएको छ । यसको दायरा बढाइने भएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म कर्जा दिने घोषणा गरिएको छ । पर्यटन ब्यवसाय, सञ्चारगृह, हेल्थ क्लब, इजाजत र नवीकरण छुट दिइएको छ । बजेटमा तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरिएको छ । सरकारले व्याचलर्स पुरा गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । यस्तो कर्जाको व्याजदर ५ प्रतिशत हुनेछ । सरकारले १२ कक्षा सम्मका विद्यार्थीलाई अध्ययनका लागि एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ कर्जा उपलब्ध गराउने भएको छ । बैकल्पिक अध्ययनका लागि यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्ने गरी उपलव्ध गराइने छ । सरक

चिनिया राष्ट्रपति सि जिनपिङ र उनको बुबा संगको बाल्यकाल

चित्र
# चिनिया  राष्ट्रपति सि जिनपिङको यो कुरा सारै मन पर्यो ! उनी भन्छन्: “म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें। जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो। एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकलमात्र अण्डा खाने अवसर जुर्थ्यो—चाडपर् वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गर्दा उनको कचौराको पिंधमा चाउचाउमुनि दुइटा अण्डा देखियो! मलाई ज्यादै पश्चाताप भयो! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो। मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो— "प्रिय छोरो, तिमीले बुझ्नु पर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन प

यति नलेज भए बैंकिङ बुझिन्छ

बैंकिङ खबर ।  पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टिफिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ । वास्तवमा बैंकमा जागीर गर्नका लागि सर्टिफिकेट मात्र नभएर व्यवहारिक ज्ञानहरु पनि हुनु जरुरी हुन्छ । बैंकिङ क्षेत्रबारे राम्रोसँग बुझेको व्यक्तिलाई बैंकले जागीर नदिने भन्ने हुँदैन । त्यसैले, बैंकमा जागीरका लागि अन्तर्वार्ता दिन जाँदा निम्नलिखित कुराहरु राम्रोसँग बुझेर जानुभयो भने तपाईँ छनौटमा पर्ने सम्भावना प्रवल रहन्छ :  एटीएमचेक चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकम

नेपाल राष्ट्र बैंक को तयारी गरिरहनु भयका साथीहरुको लागि शंकलित पाठ्य सामग्री

Nepal Rastra Bank Questions नेपाल राष्ट्र बैंक को प्रथम पत्रको परिक्षामा सम्भावित Accounting सम्बन्धि प्रस्नहरु  Nepal Rastra Bank Questions नेपाल राष्ट्र  बैंक को  प्रथम पत्रको परिक्षामा  सम्भावित   Accounting  सम्बन्धि  प्रस्नहरु नेपाल राष्ट्र बैंक को तयारी गरिरहनु भयका साथीहरुको लागि शंकलित पाठ्य सामग्री  १. दोहोरो लेख प्रणालीको प्रतिपादन कसले र कहिले गरेका हुन् ? उत्तर : लुक डी बोर्गा पेसियोली ले सन् १४९४ मा  २.  लुक डी बोर्गा पेसियोली ले प्रकासन गरेको पुस्तक को नाम के हो ? उत्तर : Summa De Arithmetica ३ .  Summa De Arithmetica पुस्तक मा समाबेश भएका अभिलेख क सिदान्त हरु के के हुन् ? उत्तर : 1. Memorialie( Memorandum book )            2.  Geornal ,( Journal Book)             3.  Quaderno (Ledger Book) ४.  आधुनिक  लेखा का पिता भनेर कसलाई चिनिन्छ ? उत्तर :लुक डी बोर्गा पेसियोली ५.  लुक डी बोर्गा पेसियोली को पुस्तक Summa De Arithmetica लाई अंग्रेजीमा कसले अनुवाद गरेका हुन् ? उत्तर : Hugh Old Castle ले  ६.  लेखाका सिदान्त हरुलाई कति भागमा बाडीएको छ ? उत्तर :

लघुवित्त अहिले

अङग्रेजीमा माइक्रो फाइनान्स भनिने लघुवित्तले अहिले देशमा एउटा चुनौती खडा गरेको छ । बंंगलादेशको प्रोफेसर मोहम्मद युनुशले प्रतिपादन गरेको सिद्धँन्त गलत थियो भना“ै भने म गलत हुन्छु, सिद्धान्त ठिक छ भन्दा पनि म नै गलत हुन्छु । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यताप्राप्त बैंकहरुमा आएको विकराल समस्याले अर्थतन्त्रमै एउटा चुनौती र समस्या थपिदिएको छ । लघुवित्त स“ग जोेडिएका मुख्य निकाय वा व्यक्तिको प्रसंगमा लेख्दै छु म आज । पहिलो निकाय सेयर होल्डर वा लगानीकर्ता, दोश्रो लघुवित्त चलाउने कर्मचारी वा उच्च पदस्थ व्यक्ति अनि त्यसका सेवाग्राही सदस्य र अर्को चाँही सम्बन्धित ठाउँको समुदाय । शेयर सदस्य जो पैसा लगानी गरेर खेलाडीलाई खेलमा भिडाउँछन् । उता खेलाडी आफ्नो पेट पाल्न ज्यानको आहुति दिन पनि पछि पर्दैनन् । यस्तो स्वर्ग जस्तो ठाँउमा जागीर खाने रहर कसलाई हुन्न र ? यही सम्झिएर अधिकांश यूवा बैंक भन्ने बित्तिकै आवेदन दिन हतारिन्छन् । सबै प्रकृया पनि पुरा गर्छन् । जब यसको विषयमा बुझ्दै जान्छन् तब थोरै थोरै महशुस हुँदै जान्छ । तर के गर्ने बल्ल बल्ल बैंकमा पाएको जागीर छोड्नु पनि कसरी ? कर्मचारी विचरा
चारैदिशातिर घुमिरहेको कसैको नजर अचानक भुईमा परेकी ती युवतीको अनुहारमा पर्छ । प्रकाश निकाल्ने ती दुई डरलाग्दो आँखाहरु अनि चारैतिर कालो अन्धकारबाहेक अरु केही देखिदैन्थ्यो । पाईला ढुङ्गामा ठेस लागेर नराम्ररी घायल भएको थियो र खुट्टाका औलाहरु रगतले रातै रङ्गिएको थियो । केही समयसम्म राम्ररी नियालेपछि उनले त्यो दरलाग्दो प्रकाशिन आँखाको रहस्य थाहा पाउछिन । आफु लडेडो भुइँको ठिक सामुन्ने एउटा बिशाल रुख हुन्छ जसको प्वालमा घर बनाई बसेको एउटा लाटोकोसेरो उनलाई एकटकले हेरिरहेको हुन्छ । लामोसमयदेखीको अविरल बर्षाकोे चापमा परेको त्यो लाटोकोसेरो पुर्नरुपले भिजेको हुन्छ र त्यो रातको ताण्डवले उ पनि नराम्ररी भयभित भएको हुन्छ । लाटोकोसेरो र युवतीको नजर एकआपसमा जुधिन्छ । युवतीको ती आखालाई देख्दै त्यो लाटोकोसेरो अझ तर्सिन्छ र त्याहाबाट उडेर अन्तै जान्छ । सायद उसले त्यो युवतीसङ्ग घटने घटनाको चाल पाई सकेको थियो । अचानक युवतीले ती नौजवानहरुले बोकेका लालटिनको प्रकाश आफुतिर आउदै गरेको देख्छिन अनि हत्तपत्त उभिएर भाग्न तैयार हुन्छिन ।तर चाहेअनुरुपको गतिमा भने उनी भाग्न सक्दिन्न । जंगली काडाहरुमा परेर शरीरमा लगाएको

झोला महात्म्य

“शिल्पी, अबको २० मिनेटमा !” “हस् !” म बतासिएँ पुरानो बानेश्वरतिर । बस, टेम्पो— दुईथरी गाडी चढेर निर्धारित समयभन्दा ६ मिनेट ढिलो पुगें । ‘ययाति’को नियमित शो शुरु हुँदै थियो । नाटकको ठूलो पोस्टरअघि उभिएको थियो पात्र ‘अ’, जसले मलाई फोन गरेको थियो । “बाटो ब्रो ! खै झोला ?” ‘अ’को प्रश्न आइहाल्यो । हतारमा छुट्यो । कि बिर्सिएँ मैले ? के उसले मलाई झोला नभिरेको बेला देखेकै छैन ? झोला मेरो बानी हो र ? के झोला नहुँदा म फरक देखिएको थिएँ र ? झोलावाला प्रश्नले रन्थनिएपछि यति लेखियो । हुन त झोलाको उत्पत्ति कहाँ, कसरी र कुन समयमा भयो भन्ने यथेष्ट अध्ययन र प्रमाण नभेटिए पनि एक अज्ञात स्रोतको खबरलाई मान्ने हो भने झोलाको प्रयोग पहिलोपटक पृथ्वीलोकमा भन्दा स्वर्गलोकमा भएको हो । नारदमुनी खबरी थिए । कुरौटे स्वभावका नारदमुनीले एक ठाउँका कुरा अर्को ठाउँमा प्रवाह गर्थे । पछि समयक्रममा सुनाइने र बोलिने कुरामा विश्वसनीयता घट्दै गएपछि नारदमुनीले लिखित सन्देश पठाउन थाले । तसर्थ ती सारा लिखित सन्देश कसरी प्रवाह गर्ने भनी सल्लाह लिन विश्वकर्मा बाबाकहाँ पुगे । बाबाले धातु, रत्न, पल्ला र मंगलजडित एउ